नियम ८३
आन्तरिक लेखापरीक्षक खटाउने
(१) महालेखा नियन्त्रक कार्यालयले कार्यालयको आन्तरिक लेखापरीक्षण गर्न लेखा समूहमा कार्यरत कम्तीमा राजपत्र अनङ्रित प्रथम श्रेणीको कर्मचारीलाई चार वर्षको लागि आन्तरिक लेखापरीक्षक तोक्नेछ।
(२) उपनियम (१) बमोजिम आन्तरिक लेखापरीक्षक तोक्दा राजपत्राङ्कित कर्मचारी भए दुई वर्ष र राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारी भए तीन वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेछ।
(३) उपनियम (१) र (२) बमोजिम महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखापरीक्षक तोक्दा एउटा कोष तथा लेखा नियन्त्रक कार्यालयको आन्तरिक लेखापरीक्षण अर्को कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गराउने गरी तोक्न सक्नेछ।
(४) आन्तरिक लेखापरीक्षकलाई तोकिएको अवधिमा सरुवा गर्दा आन्तरिक लेखापरीक्षककै रूपमा कामकाज गर्ने गरी बाहेक लेखापालन वा अन्य कार्य गर्ने गरी सरुवा गरिने छैन।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आन्तरिक लेखापरीक्षक तोकेको कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरेमा वा जिम्मेवारी पूरा गर्न असमर्थ भएमा महालेखा नियन्त्रकले कारण जनाई आन्तरिक लेखापरीक्षकको जिम्मेवारीबाट जुनसुकै बखत हटाउन सक्नेछ।